बूढानीलकण्ठ, पौष ०६ गते । 

बूढानीलकण्ठ नगरपालिका सुशासन समितिले वडा नं ०४ को प्रशासनिक कार्यालय, पशु सेवा शाखा र वडा नं ०३ स्थित चपली स्वास्थ्य चौकि अनुगमन गरेको छ ।

नगर सुशासन समिति संयोजक शम्भु प्रसाद भट्टराईको नेतृत्वमा निस्केको अनुगमन टोलिले कार्यालयका दैनिक काम कारबाहि, सरसफाई, कर्मचारी पोशाक-नियमित हाजिरी, स्रोत साधनको उपयोग, सेवा प्रवाह लगायत कार्यालय व्यवस्थापनको स्थिति अनुगमन गरेको थियो ।

शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणाली विस्तार गर्दै नागरिकको अपेक्षा अनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउने उद्देश्यका साथ सबै अंगलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै नागरिक सचेतनाको समेत विकास गर्ने लक्ष्य नगरपालिकाले बोकेको छ ।

अनुगमनमा समितिले जारी गरेका विभिन्न सुचक अनुसार वडा कार्यालयहरुको हालको अवस्था मुल्याङ्कन भएका थिए ।

वडा कार्यालयको निरिक्षण गर्दा जारी सुचक अनुसार ९०% ,चपली स्वास्थ्य चौकिमा ९५% र पशु सेवा शाखामा ९० % मापदण्डहरु मिलेको पाईएको छ । बाँकि रहेका र देखिएका कमीकमजोरीहरु शिघ्र व्यवस्थापन गर्न समितिले निर्देशन समेत दिएको छ ।

समितिले विगत २ साता देखी नगरपालिका अन्तरगत रहेका वडा, स्वास्थ्य चौकी, महाशाखा-शाखा लगायत सम्पुर्ण कार्यालयको अनुगमन थालेको थियो । हाल सम्म ८ वटा वडा कार्यालय र ३ वटा स्वास्थ्य चौकीको अनुगमन भईसकेको छ ।

अनुगमनको क्रममा कर्मचारी हाजिरीलाई प्राथमिकतामा राखि निरिक्षण भईरहेको छ । कार्यालयमा समयमा हाजिरी नभएको, कर्मचारीको उपस्थिति र कार्य सम्पादनमा लापरबाही र कमजोरी देखिएको पाईएमा कारबाही समेत गरीने संयोजक शम्भु प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय