बूढानीलकण्ठ, पौष ०६ गते । 

बूढानीलकण्ठ नगरपालिका सुशासन समितिले वडा नं १३ को प्रशासनिक कार्यालय र स्वास्थ्य चौकि अनुगमन गरेको छ । नगर सुशासन समिति संयोजक शम्भु प्रसाद भट्टराईको नेतृत्वमा समिति सदस्य बालमाया श्रेष्ठ, नगरपालिका प्रशासकिय अधिकृत केदार कुमार खड्का, अधिकृत राजकुमार खड्का, राजश्व शाखा प्रमुख सञ्जय ढुङ्गाना, जनस्वास्थ्य अधिकृत जिवन खतिवडा सहित पौष ०६ गते (बुधबार) अनुगमनमा निस्केको थियो ।

अनुगमन टोलिले कार्यालयका दैनिक काम कारबाहि, सरसफाई, कर्मचारीको नियमित हाजिरी, स्रोत साधनको उपयोग, सेवा प्रवाह लगायत कार्यालय व्यवस्थापनको स्थिति अनुगमन गरेको छ ।

अनुगमनको क्रममा वडा नं १३ कार्यालयको सरसफाई, कर्मचारीको हाजिरी तथा सेवा प्रबाहमा कुनै समस्या नदेखिएको र कार्यालय पनि व्यवस्थित देखिएको संयोजक शम्भु प्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।

शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणाली विस्तार गर्दै नागरिकको अपेक्षा अनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउने उद्देश्यका साथ सबै अंगलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै नागरिक सचेतनाको समेत विकास गर्ने लक्ष्य नगरपालिकाले बोकेको छ ।

अनुगमनमा समितिले जारी गरेका विभिन्न सुचक अनुसार वडा कार्यालयको हालको अवस्था मुल्याङ्कन भएका थिए ।

वडा कार्यालयको निरिक्षण गर्दा जारी सुचक अनुसार ९०% मापदण्डहरु मिलेको पाईएको छ भने बाँकि रहेका १०% कमिकमजोरीहरु शिघ्र व्यवस्थापन गर्न समितिले निर्देशन समेत दिएको छ ।

यस्तै, स्वास्थ्य चौकि र वर्थिङ् सेन्टरको हकमा बिरामिलाई प्रदान गरीने सार्वजनिक स्वास्थ्य सेवामा कमजोरी देखिएक छैन । कर्मचारी हाजिरी, सरसफाई लगायत औषधि, उपकरण जस्ता स्वास्थ्य सामाग्री व्यवस्थापनमा पनी सक्रियताकासाथ कर्मचारीहरु खटिएको टोलिले जनाएको छ । सार्वजनिक सुनुवाई र ३ महिने प्रगती विवरण पेशमा भने केहि हद सम्म चुकेको पाईएकोले त्यस्ता विषयमा ध्यान दिन स्वास्थ्य चौकि प्रमुखलाई संयोजक भट्टराईले आग्रह गर्नुभएको थियो ।

समितिले विगत १ साता देखी नगरपालिका अन्तरगत रहेका वडा, स्वास्थ्य चौकी, महाशाखा-शाखा लगायत सम्पुर्ण कार्यालयको अनुगमन थालेको थियो । हाल सम्म ७ वटा वडा कार्यालय र २ वटा स्वास्थ्य चौकीको अनुगमन भईसकेको छ ।

अनुगमनको क्रममा कर्मचारी हाजिरीलाई प्राथमिकतामा राखि निरिक्षण भईरहेको छ । कार्यालयमा समयमा हाजिरी नभएको, कर्मचारीको उपस्थिति र कार्य सम्पादनमा लापरबाही र कमजोरी देखिएको पाईएमा कारबाही समेत गरीने संयोजक शम्भु प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय