
बूढानीलकण्ठ, मंसिर २१ गते ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा बुढानीलकण्ठमा मंसिर २० गते ‘कविता गोष्ठी’ र महिला स्वयंसेविका सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
‘लैङ्गिक हिंसा विरुद्ध हाम्रो सचेतना विषयक कविता गोष्ठी एवं स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम’ मार्फत लैङ्गिक हिंसाका विषयहरुको उठान गर्दै नगरपालिकाका कवि तथा कवियत्रीहरुले कविता वाचन गर्नुभयो।विभिन्न वडाबाट प्रतिनिधीत्व गर्दै १६ जनाको कविता वाचनले कार्यक्रम थप रोमाञ्चक बनेको थियो ।
सहभागीहरु साथै प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका अध्यक्ष लक्ष्मी मालि, अतिथि साहित्यकार एवं सम्पादक बालिका गिरि, साहित्यकार विना थिङ लगायत नगरपालिका उपप्रमुख अनिता लामा समेतले आफ्नो कविता वाचन गरी कार्यक्रममा अझ बढि रौनक थपिएको थियो ।
त्यस्तै, सोह कार्यक्रम मार्फत नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला तथा चकलेट वितरण गरि सम्मान गरिएको थियो ।
बु.न.पा नगर उप-प्रमुख अनिता लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथितिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी माली, मानव अधिकारका लागि महिला, एकल महिला समुहका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका माननिय सदस्य लिली थापा, अतिथिमा साहित्यकार, सम्पादक , प्रशासक बालिका गिरी, साहित्यकार बीना थिंग, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, महाशाखा प्रमुख कर्मचारीहरु, महिला स्वयंसेविकाहरु, महिला समुह तथा समितिहरुको अध्यक्ष लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कविता वाचकका नामहरु:
- रघुनाथ पण्डित
- रेखा थापा
- गंगा ठकुरी
- प्रियंका थापा
- मगर रीता
- दाहाल गिता ज्ञवाली
- गंगा पौडेल ढकाल
- दीपा गुरुङ
- शारदा मिश्र
- कान्ता दाहाल
- शौरभा गौतम
- निशा बराल
- रेणुका पराजुली
- गीता मिश्र पराजुली
- डेजी पराजुली
- कमला ढकाल अधिकारी