बूढानीलकण्ठ, मंसिर १६ गते । 

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” का सन्दर्भमा बुढानीलकण्ठ नगरपालिकाद्वारा २०७९ मंसिर २० गते(मंगलबार) नगरस्तरिय कविता गोष्ठी आयोजना गर्न लागेको छ ।

सोहि अवसरमा नगरपालिकाको महिला तथा बालबालिका महाशाखाको सहकार्यमा हुन लागेको लैङ्गिक हिंसा विरुद्धका अभियान तथा यस बारे सचेत गराउने उद्धेश्य सहित सो कविता वाचन कार्यक्रमको आयोजना हुन लागेको हो ।

सन् १९९१ बाट शुरु भएको १६ दिने अभियान यस वर्ष मंसिर ९ गतेदेखि २५ गते सम्पन्न हुँदैछ ।

कविता वाचन गर्नका लागि नगरपालिकाभित्र प्रत्येक वडाका सम्पूर्ण इच्छुक व्यक्तिहरुले नगरपालिकाको महिला तथा बालबालिका महाशाखामा वा उप-प्रमुखको सचिवालयको ईमेल मार्फत जानकारी सहित कविता पठाउन सकिनेछ ।

कविता वाचनमा सहभागी हुन इच्छुक व्यक्तिहरुका लागि निम्नानुसार कविता आह्वान गरिएको छ :

१. कविता “लैङ्गिकहिंसा विरुद्ध हाम्रो सचेतना” भन्ने मूल विषयलाई केन्द्रिकृत गरी मौलिक रचना गरिएको हुनुपर्दछ ।

२. कविता सरल, सबैलाई पाच्य भाषा शैली सहित वढीमा १५० शब्दभित्रको गद्य वा पद्य दुवै शैलीमा स्वीकार्य हुनेछ ।

३. कविता यही मंसिर १९ गते १:०० बजेभित्र नगरपालिकाको महिला बालबालिका शाखामा बुझाउन हुन वा ईमेल bnkdeputymayor@gmail.com मार्फत पठाउन सकिनेछ । कविता पठाउँदा आफ्नो पूरा नाम, ठेगाना तथा सम्पर्क नम्बर स्पष्ट बुझिने गरि उल्लेख गर्नहुन अनुरोध गरिन्छ ।

४. माथिका शर्तहरु भन्दा बाहेकका समयमा कविता प्राप्त भएमा, माथिका शर्त विपरित र शर्त पूरा नभएका कविता वाचनका लागि छनौट गरिनेछैन ।

५. छनोट भएका कविताहरुलाई वाचनका लागि सम्बन्धित कविहरुलाई जानकारी गराइनेछ ।

६. कवि गोष्ठी २०७९ मंसिर २० गते सञ्चालन हुनेछ । यस सम्बन्धी विस्तृत जानकारी पछि गराइनेछ ।

७. यो कार्यक्रम प्रतियोगिताका लागि नभई प्रतिभा प्रस्तुति र निर्दिष्ट विषयको उठानका लागि मात्र गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय