बूढानीलकण्ठ, मंसिर १४ । 

बूढानीलकण्ठ नगरपालिका वडा नं ०१ स्थित आधारभूत स्वास्थ्य केन्द्रबाट प्रत्येक महिनाको १५, १६ र १७ गते विभिन्न स्वास्थ्य सेवाहरु नि:शुल्क पाईने भएको छ ।

वडा अध्यक्ष सुरेन्द्र लामाका अनुसार हरेक वडा वासीहरुको लागि स्वास्थ्यमा पहुँच पुयाउने उदेश्यले वडाको समन्वयमा उक्त कार्यक्रम सुचारु गरिएको हो ।

कार्यक्रम महिनाको ३ दिन विभिन्न स्थानबाट उपलब्ध हुने छ ।

महिनाको १५ गते जय भद्रकाली स्कुलबाट लिन सकिने छ भने सिमली गैरी गाउँबाट प्रत्येक महिनाको १६ गते र १७ गते निलोपुल कृष्ण मन्दिरबाट विभिन्न स्वास्थ्य सेवाहरु लिन सकिने प्रावधान मिलाईएको छ ।

उपलब्ध गराइने सेवाहरु

  • साधारण चेक जाँच सेवा
  • परिवार नियोजन सेवा
  • प्राथमिक उपचार सेवा
  • बाल स्वास्थ्य सेवा
  • सुगर जाँच सेवा
  • किशोर किशोरी परामर्श सेवा

सेवा उपलब्ध हुने स्थान

  • जय भद्रकाली स्कुल प्रत्येक महिनाका १५ गते
  • सिमली गैरी गाउँ प्रत्येक महिनाको १६ गते
  • निलोपुल कृष्ण मन्दिर प्रत्येक महिनाको १७ गते

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय