बूढानीलकण्ठ नगरपालिकाले कृषि विकास कार्यक्रममा सहभागि हुन प्रस्ताव आव्हान गरेको छ ।

कृषि विकास निर्देशनालय, हेटौडाको आ.व. २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रमहरु यस निर्देशनालय र कृषि ज्ञान केन्द्र मार्फत  कार्यान्वयनको लागि सम्बन्धित कार्यक्रम संचालन कार्यविधिमा तोकीए बमोजिमका शर्तहरू पालन गरिने गरि साझेदारी गर्न इच्छुक आवेदकहरुलाई प्रस्तावहरु पेश गर्न नगरपालिका कृषि विकास शाखाले सुचना प्रकाशित गरेको हो ।

आव्हान पेश गर्ने अन्तिम मिति पौष ०८ गते रहेको हुँदा कार्यालय समय भित्र कार्यविधिहरुमा तोकीएको कागजातहरु संलग्न गरि प्रस्ताव दर्ता गर्नुहुन अनुरोध गरिएको छ । साथै रित नपुगि वा म्याद नाची प्राप्त हुन आएका प्रस्तावहरू उपर कुनै कार्यवाही नहुने व्यहोरा समेत सुचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय