
बूढानीलकण्ठ, मंसिर ११ गते ।
“आमाको मन द्वारा जिवन बचाँउ” भन्ने मुल नारा सहित बूढानीलकण्ठ नगरपालिकामा वृहत रक्तदान कार्यक्रम आयोजना हुन लागेको छ ।
बूढानीलकण्ठ नगरपालिका, मदन भण्डारी फाउण्डेसन र वि लब यु फाउण्डेसनको संयुक्त आयोजनामा कार्यक्रम मंसिर २२ गते हुन लागेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमंत्री के.पि. शर्मा ओलि उपस्थित हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार वृहत रक्तदानमा १००० भन्दा धेरै रक्तदाताहरुले रक्तदान गर्ने अनुमान गरीएको छ ।
कार्यक्रम बूढानीलकण्ठ प्रशासनिक भवनको प्राङ्गणमा बिहान ७ बजे देखि दिउँसो ३ बजे सम्म चल्ने हुँदा मानिसको जिवन बचाउने यस महान कार्यमा सहभागी हुन बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले आम नगरवासि माझ आव्हान गर्नु भएको छ ।
यस अघि वि लभ यु फाण्डेसनले हजारौँको उपस्थितिमा बूढानीलकण्ठ धोविखोला करीडोर सरसफाई अभियान सञ्चालन गरेको थियो ।