बूढानीलकण्ठ, कार्त्तिक २६ गते । 

दोस्रो बूढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता को उपाधी वडा नं ०९ को “टिम रेभियन्स” ले  हात पारेको छन् । 

बूढानीलकण्ठ नगरपालिकाको आयोजना र शिवपुरी युवा क्लबको खेल वयवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा टिम रेभियन्स र वडा नं ०३ को शिवपुरी नवजाग्रित क्लब भिडेको थियो ।

कार्त्तिक २६ गते भएको फाइनल खेलमा टिम रेभियन्सले विपक्षि टिम शिवपुरी नव जाग्रित क्लबलाई ३-२ को गोल अन्तरले पराजित गरी ट्रफि जित्न सफल भएको हो ।

नगर प्रमुख, उपप्रमुख र उपस्थित वडा अध्यक्ष र सदस्यहरुले विजेता र उपविजेता टोलीलाइ प्रमाण पत्र, र मेडल प्रदान गरी भविष्यका लागी शुभकामना दिनुभएको छ  । 

प्रतियोगिताको विजेता टोलिले रनिङ ट्रफि सहित मेडल, प्रमाण पत्र र नगद ६६ हजार ६ सय ६६ रुपैया पुरस्कार पाएका छन् भने उपविजेता टोलिले ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद ३३ हजार ३ सय ३३ रुपैयाँ पाए ।

उत्कृष्ठ खेलाडिको उपाधी टिम रेभियन्सका कविर तामाङ बन्न सफल भए । यस्तै सोहि टिमका संजिब तामाङले उत्कृष्ठ गाेलकिपरकाे उपाधी हात पारे । उत्कृष्ठ खेलाडि र गोलकिपरलाई ट्रफि र प्रमाण पत्र सहित नगद ५ हजार प्रदान गरिएो थियो ।   

प्नतोयोगितामा नगरपालिका सबै वडा तर्फबाट ३२ वटा टिम सहभागि थिए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय