बूढानीलकण्ठ नगरपालिकाको युवा नेतृत्व र क्षमता विकासका लागि युवा सचेतना तथा १ दिने अन्तरक्रियात्मक कार्यक्रम भएको छ ।

नगरपालिका भित्रका सबै वडा १ देखि १३ सम्मका वडा युवा परिषद्का अध्यक्ष, सदस्य सहितको युवाहरु विच नगर युवा परिषद द्वारा भएका र भावि दिनहरुमा हुन सक्ने योजना तथा कार्यक्रमहरु बारे वृष्तित छलफल भएको थियो ।

उक्त कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनितालामा, निवर्तमान नगर प्रमुख उद्दव प्रसाद खरेल, वडा नं १० अध्यक्ष एवं नगर प्रवक्ता नवराजह भट्टराई, वडा नं ०२ अध्यक्ष राजेन्द्र खड्का, वडा नं १२ अध्यक्ष शम्भु प्रसाद भट्टराई, नगर युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराई लगायत वडा युवा परिषद्का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियात्मक कार्यक्रममा वडा नं ०२ वडा युवा परिषद् अध्यक्ष शिरिश पौडेलले नगरका युवाहरुको क्षमता विकास र युवाहरु विच आपसि भाईचाराको महसुस गराउन सक्ने संयुक्त योजनाहरु निर्माण गर्न पर्ने बताउनु भएको थियो ।

यस्तै विशाल वडा नं ०१ का भट्टराईले युवाहरुको रचनात्मक र अभिनव विचार-योजनाहरुलाई नगरपालिकाले समर्थन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

वक्ताहरुको भनाईलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले नगरको समृद्धिका लागि युवा विकास महत्वपुर्ण अवयव रहेकोले युवा वर्गका समस्या र गुनासोहरु सुनुवाई गर्दै आएको बताउनुभयो । युवाको माग र आवश्यक्ताका आधारमा युवाहरुबाटै आएका प्रस्तावहरु कार्यन्वयन गरिने, उहाँले जोड्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय