बूढानीलकण्ठ, कार्त्तिक १७ गते । 

कार्त्तिक १८ गते (शुक्रबार) बूढानीलकण्ठ नगरपालिकामा स्थानीय विदा हुने भएको छ । नगरपालिका तथा अन्तर्गतका वडा कार्यलयहरूबाट दिईने सबै सेवा बन्द रहने नगरपालिकाले जनाएको छ । बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधनी एकादशी मेलाको अवसरमा स्थानीय विदा दिने निर्णय गरेकाे हाे  ।

बूढानीलकण्ठ मन्दिर परिसरमा यस दिन मेला लाग्नका साथै काठमाण्डौ उपत्यकाका चार नारायण दर्शन गरेर भक्तजनहरुले बूढानीलकण्ठ दर्शन गर्ने गरेका छन् ।

बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय