बूढानीलकण्ठ, असोज ३१ गते । 
बूढानीलकण्ठ नगरपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थालेको हो ।
हरेक वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गरि तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने छ ।
अभियान सञ्चालनपछि राष्ट्रिय परिचयपत्रका लागि नगरपालिकामा दिनभर लाईन बस्नुपर्ने समस्या समाधान हुनेछ ।
नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्रलगायतका दुई दर्जन बढी परिचयपत्रको सरकारले एकीकृतरूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्रमा नागरिकका सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण संकलन गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय